तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

तिलोत्तमा-नेपाल तरुण दलले तिलोत्तमा २ मा रक्तदान कार्यक्रम गरेको छ । निर्वाचनको मिति नजिकिसंगै रगत अभाबलाइ कम गर्न रक्तदान कार्यक्रम गरिएको हो ।
तरुण दलका वडा सभापति हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरमा कांग्रेसबाट मेयरका उम्मेदवार रामकृष्ण खांणले कांग्रेसले सामाजिक सेवा गरिरहने बताए ।
उनले युवा पुस्ता नेपाली कांग्रेसको उर्जा भएको भन्दै समाज रुपान्तरणका लागि कांगे्रसलाइ जिताउन आग्रह गरे । उनले रक्तदान महान काम भएको भन्दै कसैको जीवन बचाउन रगतदान गर्नु सकारात्मक कदम भएको धारणा राखे । कार्यक्रममा ५१ जनाले रगतदान गरेको नेपाल तरुण दलले जनाएको छ । कार्यक्रममा जिल्ला सदस्य कमला पाण्डे, प्रदेश २ क राममाया पौडेल,नगरसभापति हरिलाल पाण्डे,वडा न २ का सभापति पूर्णबहादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रममा कांग्रेसका भातृ संगठनका सदस्य,शुभेच्छुक तथा स्थानीयले रक्तदान गरेका हुन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij