मेयरका उम्मेद्वार खाँणले गरे आमसभाको फोहोर व्यवस्थापन

मेयरका उम्मेद्वार खाँणले गरे आमसभाको फोहोर व्यवस्थापन

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार भएको आमसभाको फोहोर व्यवस्थापन मेयर उम्मेद्वार रामकृष्ण खाँणले गरेका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्रको संयुक्त आयोजनामा आयोजित आमसभाको फोहोर व्यवस्थापन मेयरका उम्मेद्वार खाँणले आफै गरेका हुन् ।
नेपाली कांग्रेस तर्फबाट मेयर पदका उम्मेदवार खाँण सहित नेपाल तरुण दल तिलोत्तमा नगर सभापति खिम क्षेत्री, सचिव होम पौडेल लगायतको टोलीले सरसफाई गर्दै फोहोर व्यवस्थापन गरेको हो । फोहोर व्यवस्थापन गर्दै मेयर पदका उम्मेद्वार खाँणले आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्छ भनेर सरसफाई गरेको बताए । उनले तिलोत्तमालाई सुन्दर र शान्त बनाउनेसंगै भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन उनले आग्रह गरे ।
बिहीबार तिलोत्तमा (मेला लाग्ने स्थान)मा भएको भेलामा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुस्पा भुसाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
तिलोत्तमामा नेपाली कांग्रेस र माओबादी केन्द्रले तालमेल गरेका छन् । यहाँ मेयर कांग्रेसले पाएको छ भने उपमेयर माओबादी केन्द्रले । मेयर पदको उम्मेृद्वार खाँण हुन् भने माओबादीका हेमराज पाण्डे(हेमन्त) उपमेयर पदका उम्मेद्वार हुन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij