तिलोत्तमाका मतदाता को घरघरमा एमालेको चिठी ।

तिलोत्तमाका मतदाता को घरघरमा एमालेको चिठी ।

 

तिलोत्तमा – स्थानीयतहको निर्वाचनका दिन नजिकिंदै गर्दा उम्मेदवारहरुले मतदातासंग मत माग्ने फरक फरक शैली अपनाउन थालेका छन् । घरदैलोमा हिँडिरहेका उम्मेदवारहरु मौन आवधि सुरुहुनु पूर्व मतदाताहरुलाई फकाउन नयाँ शैली अपनाएका छन् । तिलोत्तमा नगरपालिकामा एमालेबाट मेयर पदमा उम्मेदवार भएका मोहन चापागाई र उपमेयर पदका उमेद्वार जगेश्वर देवी चौधरीको हस्ताक्षर सहितको चिट्ठी मतदाताको घरघरमा पठाउन थालेका छन् । तिलोत्तमा नगरपालिकामा नगर प्रमुख पदका उमेद्वार मोहन चापागाई र उप मेयर पदका उमेद्वार जगेश्वर देवी चौधरीको चिठ्ठी एक्कासी हात पारे पछि ७८ बर्षिया बल बहादुर कुँवर अचम्मीत भए । गएको २०७४ को चुनावमा पनि तिलोत्तमा नगरपालिका मा एमालेको नेतृत्वमा स्थानिय सरकार भएको तर नगरमा बिजयी भएका नगर प्रमुख बासुदेव घिमिरे र जगेश्वरी देवी चौधरीको अनुहार कहिल्यै नदेखेको गुनासो उनको थियो । मुख्य सडकको प्रचार गरेर हाईहाई कमाएका मेयरले हाम्रो वडामा त्यस्तो के बिकास गरे र अब फेरि एमालेलाई भोट दिने ? उनको प्रति प्रश्न थियो । अहिले पनि हामी यिनलाई चिन्दैनौं र सपना देखाएर झुक्याउने पाटि जो कसैलाई भोट नदिने अडान सिमानगरकी पार्वती चौधरीको पनि छ । चुनाव का बेला हामी सबैलाई सपना देखाएर जान्छन् तर हामी समस्यामा परेका बेला खोजे पनि भेटिदैनन् उनको गुनासो थियो ।

चिठीमा ५ बर्षे कार्यकालमा यस नगरको मुहार कसरी फेर्न सकिन्छ भन्ने उदाहरण हामीले बनाएका बाटा घाटा , जनतालाई दिइएको सुबिधा र आज रहरलाग्दो देखिने , देशैभरि चर्चित तिलोत्तमा सहरबाट प्रष्ट भइसकेको उल्लेख छ।

 

चिठ्ठी नेकपा एमाले नगर कमिटीले प्रत्येक मतदाताका घरमा पुर्याउंदै छ । मंगलवार सांझ सम्म सवै मतदाताका घरमापत्र पठाइसक्ने योजना रहेको चुनाव प्रचार प्रसार गर्न हिडेका एमाले कार्यकर्ता ले बताए ।

 

चापागाई रुपन्देही का पाका पत्रकार एवं मिडिया उद्योगि पनि हुन् । भने जगेश्वर देवी चौधरी तिलोत्तमा नगरपालिका का यस अघि पनि उपमेयरको पद सम्हालिसकेकी व्यक्ति हुन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij