आजदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् । पर्सि शुक्रबार हुने पालिका चुनावको लागि आजदेखि विद्यालय बन्द भएका हुन् । धेरै विद्यालमा मतदान केन्द्र भएकाले पनि तयारीका लागि आजैदेखि विद्यालय बन्द गरिएको हो ।
३० गते चुनावको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ३१ गते शनिबार परेको छ । जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णयअनुसार १ गते आइतबार पनि बिदा हुने भएको छ । जेठ २ गते बुद्धजयन्तीमा पनि सार्वजनिक बिदा छ । त्यसैले आजदेखि बन्द भएका विद्यालय जेठ ३ गते मात्र खुल्नेछन् ।
विद्यालय र क्याम्पससमेत बिदा भएपछि चुनावका लागि गाउँ घर जानेको भिड झनै बढेको छ । गाउँ घर जानेको भिड बढेसँगै काठमाण्डौका मुख्य नाकाहरुमा गाडीको चाप छ ।
प्रकाशित मिति : बुधबार, बैशाख २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्