बुटवल ।
रूपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो विवरणअनुसार उनले मतान्तरलाई ४१०० बढी पुर्याएका छन् । चौबिस हजार ५५७ मत गणना हुँदा पाण्डेको ११ हजार ९८३ मत आएको छ । एमालेका बाबुराम भट्टराईको ७ हजार ८७९ मत आएको छ ।
राप्रपाका मृगेन्द्र शेरचन दुईहजार २८६ मतका साथ तेस्रो स्थानमा छन् ।
यता उपमेयरमा भने एमालेकी सावित्रा अर्यालले मतान्तर बढाउँदै लगेकी छन् । उनी दुईहजार ४३८ मतान्तरले अगाडि छन् । उनको ८ हजार ८१४ मत छ भने नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङको ६ हजार ३७६ मत छ । यता राप्रपाकी भगवती पाण्डेको दुईहजार ३६३ मत छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्