काठमाण्डाै – चार सय ७५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले दुई सय १२ वटा पालिकाको प्रमुख पद जितेर अग्रता कायमै राखेको छ ।
एक सय २६ नगरपालिका र तीन सय ४९ गाउँपालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेसले ६६ नगरपालिकाको मेयर र एक सय ४६ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले ५६ वटा नगरपालिकाको उपमेयर र एक सय ५० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
एमालेले अहिलेसम्म ३६ वटा नगरपालिकाको मेयर र ९८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ३४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ४२ वटा नगरपालिकाको उपमेयर र ९७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
नेकपा माओवादी केन्द्रले १४ वटा नगरपालिकाको मेयर र ८० वटा गाउँपालिकाको अध्यक्ष गरी ९४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २० वटा नगरपालिकाको उपमेयर र ८१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
नेकपा एकीकृत समाजवादीले तीन वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष तथा पाँच वटा नगरपालिकाको उपमेयर जितेको छ । नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ । जसपाले नौ वटा पालिका मेयर तथा अध्यक्ष र नौ वटै पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्