२५२ पालिकामा जित्दै कांग्रेस पहिलो स्थानमा

२५२ पालिकामा जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौं,

स्थानीय तह निर्वाचन २०७९ निर्वाचनअन्तर्गत हालसम्म २५२ पालिकामा विजय हासिल गर्दै नेपाली कांग्रेस अग्रस्थानमा रहन सफल भएको छ। आज बिहीबार अपराह्न १ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी २५२ पालिकामा जित हासिल गरिसक्दा ६८ पालिकामा अग्रता लिइरहेको छ। कांग्रेसले नगरपालिका उपप्रमुख र गाउँपालिक उपाध्यक्षमा २३४ स्थानमा जितेको छ भने ६५ स्थानमा अग्रता लिइरहेको छ।दोस्रो स्थानमा रहेको एमालेले प्रमुख र अध्यक्ष गरी १६४ पालिकामा जित हासिल गरेको छ भने ३५ पालिकामा अग्रस्थान कायम गरेको छ। उपप्रमुख–उपाध्यक्षमा एमाले १७४ स्थानमा विजयी भएको छ भने ६० अग्रता कायम गरेको छ। तेस्रो स्थानमा माओवादी केन्द्र रहेका छ। माओवादी केन्द्र १०५ स्थानमा विजयी भएको छ भने १३ पालिकामा अग्रस्थानमा छ। हालसम्म माओवादी केन्द्रले उपप्रमुख र उपाध्यक्ष गरी १११ जितेको छ भने १५ स्थानमा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टी जसपा ले १५ वटा पालिका प्रमुखमा जित हात पार्दा १९ स्थानको मतगणनामा अगाडि बढिरहेको छ। जसपाले १५ उपप्रमुख–उपाध्यक्ष तिजेको छ भने सोही पदका लागि १३ स्थानमा अग्रता लिइरहेको छ।

नेकपा एकीकृत समाजवादीले पनि १२ पालिकामा प्रमुख पद जितिसकेको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ। १४ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितिसकेको एकीकृत समाजवादीले १८ स्थानमा अग्रता लिइरहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले एउटा प्रमुख पद जितेको छ भने ११ वटामा अग्रता लिएको छ। उपप्रमुख पदमा २ वटामा विजय हासिल गरेको लोसपाले ८ स्थानमा अग्रता कायम भने गरिरहेको छ। नेपाल मजदुर किसान पार्टीलगायत अन्य विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले १९ पालिकाको प्रमुखमा विजय हासिल गर्दा १३ स्थानमा अगाडि देखिएका छन्। पालिका उपप्रमुखमा पनि १२ स्वतन्त्र उम्मेदवारले जितिसक्दा ५ स्थानमा अग्रता लिइरहेका छन्।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij