काठमाण्डाैमा बालेन शाहलाई ११ हजार ३२९ मतकाे अग्रता

काठमाण्डाैमा बालेन शाहलाई ११ हजार ३२९ मतकाे अग्रता

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले ११ हजार तीन सय २९ मतकाे अग्रता लिइरहनुभएकाे छ ।

शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गर्नुभएकाे छ । यस्तै एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नाै सय ९५ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिइरहनुभएकाे छ । डंगाेलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गर्नुभएकाे हाे । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार ६ सय ७४ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी बिनिता मगैयाले पाँच हजार तीन सय ५२ मत प्राप्त गर्नुभएकाे छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij