बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

बुटवल

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गर्नुभएको छ । नगरप्रमुख पाण्डेयले सोमबार बिहान पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको थियो ।
त्यस्तै दिउसो नगरपालिकामा आयोजित पदस्थापन समारोहमा नवनिर्वाचित उपमेयर सहित वडाअध्यक्ष सदस्यहरुलाई नगरप्रमुख पाण्डेलेले सपथ ग्रहण गराउनु भएको थियो । लगत्तै नगरप्रमुख पाण्डेय र उपप्रमुख अर्यालले कार्यकक्षमा स्वस्तीशान्ति गरि पदभार ग्रहण गर्नुभएको हो ।
त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान नगरप्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवी आचार्य लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij