मङ्कीपक्स : लक्षण र नियन्त्रण

मङ्कीपक्स : लक्षण र नियन्त्रण

वुटवल

अहिलेअफ्रिकाभन्दा बाहिरको देशमा यो भाइरस फैलिएको पहिलो पटक हो । विश्वभरि १३० भन्दा बढी व्यक्तिमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ ।

 

मङ्कीपक्सका लक्षणहरू

मङ्कीपक्सको सुरुवाती लक्षण भनेको ज्वरो आउनु हो । त्यसपछि टाउको दुख्नु, शरीरमा स–साना तर फराकिला दानाहरू देखिन सुरु हुन्छ । त्यसपछि ती दानाहरूमा २ देखि ३ दिनसम्म पिप जम्मा हुन्छ । पिपले भरिएको छाला ५ देखि ७ दिनसम्म रहन सक्छ । त्यसपछि लगातार छाला फुस्रिन थाल्छ ।

 

ज्वरो आएदेखि पिप भरिएको घाउ निको नभएसम्म नै यो सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बराबर हुन्छ । मङ्कीपक्स विफरको भाइरसको परिवारमा परे पनि यी दुईमा फरक छ । विफरको सङ्क्रमण भएकाहरूमध्ये मृत्यु हुनेको दर ३० प्रतिशतसम्म छ । मङ्कीपक्सले आजसम्म १ प्रतिशतभन्दा कम मानिसको मृत्यु भएको छ ।

 

रोकथामका उपायहरू

विज्ञहरूले बिफरको भ्याक्सिन लगाए मङ्कीपक्सबाट बच्न सकिने बताएका छन् । अर्को कुरा सन् २०१९ मा मङ्कीपक्सको लागि छुट्टै भ्याक्सिन पत्ता लागेको छ । यो विश्वभर भने उपलब्ध छैन । उपलब्ध भएको ठाउँ जस्तै अमेरिकामा पनि यो सर्वसाधारणको लागि भने उपलब्ध छैन । यो विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने व्यक्तिका लागि मात्रै उपलब्ध छ ।

 

बिफरको लागि बनाएको भ्याक्सिनले मङ्कीपक्सको लागि काम गर्छ भन्ने प्रमाणित भइसकेको छ । विज्ञहरूले यो भाइरस खतरनाक भए पनि कोरोना महामारी जस्तो खतरनाक नभएको बताएका छन् ।

 

यसरी आधुनिक मानिसको समुदायमा मङ्कीपक्स फैलिएको यो पहिलो पटक हो । यस्ता भाइरस फैलिनुमा जलवायु परिवर्तनको पनि भूमिका हुने विज्ञहरू बताउँछन् । भ्याक्सिनले रोकथाम गर्न सक्ने भएकाले विश्वव्यापी रूपमा मङ्कीपक्सबाट बच्न भने बिफरको भ्याक्सिन लगाउनु पर्छ

प्रकाशित मिति : शनिबार, जेष्ठ १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij