आइतवारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरेर मुग्लिन–पोखरा सडक विस्तार गरिँदै

आइतवारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरेर मुग्लिन–पोखरा सडक विस्तार गरिँदै

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो ।

 

बन्दीपुर गाउँपालिका–५ मा रहेको याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आउँदो आइतवारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ ।

 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटि koएका छन् । मुग्लिङ–पोखरा सडक विस्तार कार्य अन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ ।

 

पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख र पश्चिम खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको छ । सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ । आँबुखैरेनीबाट पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij