परराष्ट्रनीति विपरीत गरिने कुनै पनि सम्झौता मान्य हुन्न : शंकर पोखरेल

परराष्ट्रनीति विपरीत गरिने कुनै पनि सम्झौता मान्य हुन्न : शंकर पोखरेल

बुटवल ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पञ्चशीलको परराष्ट्रनीति विपरीत गरिने कुनै पनि सम्झौता मान्य नहुने बताएका छन् ।

उनले नेपालको असंलग्न परराष्ट्रनीतिलाई प्रतिकुल बनाउने गरी सम्झौता गर्ने गरिएको प्रस्तावको एमालेले विरोध गरेको उनले बताए। उनले असंग्नताको नीति विपरीत कुनै सैन्य संगठनको अंग बन्ने कुरा एमालेले स्वीकार नगर्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा रक्षामन्त्रीको हैसियतमा अमेरिका जान लागेको सूचना आएकाले त्यसो भए मुलुकको अपमान हुने बताए।

मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताएका छन्। उनले गठबन्धनको राजनीति नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने राजनीति भएकाले आफूहरू त्यसको पक्षमा नभएको बताए। प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।

कांग्रेससँग मिलेका नेकपा माओवादी केन्द्र र नेकपा एसतर्फ लक्षित गर्दै उनले दक्षिणपन्थतर्फको यात्रामा रहेकासँग यही अवस्थामा सहकार्य हुन नसक्ने बताए। उनले कांग्रेससँग मिलेका वामपन्थी नभएको टिप्पणी गरे।

एमालेलाई सिद्ध्याउने गरी गठबन्धन गर्दा पनि आफूहरूले जनमत राम्रो पाएको बताउँदै आगामी चुनावमा पनि एक्लै लड्न सक्ने महासचिव पोखरेले बताए। अबको पाँच वर्षसम्म अध्यक्ष ओलीको विकल्प नभएको बताएका छन् ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका पोखरेलले राज्यमन्त्रीका बारेमा आएका टिका टिप्पणीबारे सरकार बेखबर हुननपाउने बताए। जनताबाट उठिरहेको प्रश्नको यथोचित प्रश्नको जवाफ दिने उनले बताए।

गठबन्धनको सरकार स्वार्थबाट सिर्जना भएको बताए। उनले संघीयताको जग बसाल्न यसअघि शतप्रतिशत बजेट खर्च गर्दै आएकोमा अहिले त्यो न्यून भएको बताए।

गठबन्धनले सफलता हासिल गरेको उनले स्वीकार गरेँ। उनले विगतको परिणाम गुमाए पनि जनताको लोकप्रिय मत बढी पाएको बताए। नेपाली कांग्रेसले विकास र समृद्धिलाई ओझेलमा पारेर सत्ता स्वार्थका लागि गठबन्धन गरेको उनको टिप्पणी छ। उनले १० महिनाको अवधिमा मुलुकमा असाधारण संकटमा गएको समेत औँल्याए।

प्रकाशित मिति : बुधबार, असार १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij