बुटवल-लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षकालागि ४२ अर्ब बढीको बजेट ल्याएको छ । बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक बर्ष २०७९÷०८० कालागि ४२ अर्ब ६३ करोड ५७ लाख बजेट प्रस्तुत गरेका हुन ।
चालु खार्च तर्फ कुल बजेटको ३१.२६ प्रतिशत अर्थात १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार विनीयोजन गरीएको छ । पुँजीगत तर्फ कुल बजेटको ५७.४१ प्रतिशत अर्थात २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार विनीयोजन गरीएको छ । स्थानीय तहकालागि वित्तीय समानीकरण,समपुरक,सर्शत र विशेष अनुदान गरी ४ अर्ब ८३ करोड १० लाख विनीयोजन गरीएको छ । यो कुल बजेटको ११.३३ प्रतिशत हो ।
यो बजेट चालु बर्षको भन्दा २ अर्बले बढी हो ।
श्रोत व्यवस्थापनमा आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड,५९ लाख उठाउने लक्ष्य लिइएको छ । संघ र प्रदेशबाट प्राप्त हुने राजश्व बाँडफँटबाट १५ अर्ब ३५ करोड,३४ लाख,रायल्टी बाँडफाँटबाट ७० करोड उठ्ने अनुमान गरीएको छ । संघीय सरकारबाट प्राप्त हुने वीत्तीय समानीकरण,समपूरक र विशेष अनुदानबाट प्राप्त हुने कुल १८ अर्व ४७ करोड ६४ लाख छ । बाँकी १ अर्ब आन्तरिक ऋणबाट परिचालन गर्ने गरी श्रोत व्यवस्थापनको अनुमान गरीएको छ ।
‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ भन्ने मुल नारा अगाडी सारीएको बजेटमा थोरै नयाँ तर धेरै पुराना कार्यक्रम दोहोरीएका छन । कृषि,उद्योग,पर्यटन र सेवा क्षेत्रलाइ उत्पादनशील बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । यी क्षेत्रलाइ उत्पादनसंग जोडदै रोजगारी पनि बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने भनिएको छ । बजेटले निर्धारण गरेका प्राथमिकतामा कृषि, शिक्षा,स्वास्थ्य संगै प्रदेश गौरबका आयोजनाहरुको कार्यान्वयन,स्थानीय मागमा आधारित पूर्वाधार,कला,संस्कृति र पूर्वाधार विकासको माध्यमबाट पर्यटन प्रबद्र्धन,युवा,महिला,दलित आदिवासी तथा विपन्न बर्गको सीप विकास तथा रोजगारी बृद्धि,लघु,घरेलु उद्योगको प्रबद्र्धन,सिचाइ,खानेपानी,सरसफाइ,वन वातावरण तथा विपत व्यवस्थापन,शान्ति सुरक्षा तथा सुशासन परेका छन ।
प्रकाशित मिति : बिहिबार, असार २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्