लुम्बिनी
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा राखिएको दानपात्रमा २२ लाख रुपैंया बढी नगद दान संकलन भएको छ । लुम्बिनी स्थित मायाँदेवी मन्दिरमा राखिएको दानपात्रमा २२ लाख ९७ हजार रुपैंया संकलन भएको लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डिराज (सिद्धिचरण) भट्टराईले जानकारी गराउनु भयो ।
लुम्बिनी बिकास कोषले गत आईतबारदेखि दानपात्रको रकम गणना सुरु गरेको थियो । दानपात्रमा संकलन भएको रकम गणनाका लागि कर्मचारी सहित सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सिसिटिभि क्यामेराबाट निगरानी गरिएको थियो ।
कोषाध्यक्ष भट्टराईले कोरोना महामारी पछि लुम्बिनीमा विदेशी पर्यटक कम आएकाले दानपेटिकामा भेटी कम भएको बताउनु भयो । अघिल्लो वर्ष चैतको १८ गते दानपेटिका खोलिएको थियो यो वर्ष असारको १९ गते खोलिएको हो । दानपात्रमा संकलित उक्त रकमबाट करारका कर्मचारीलाई तलव लगायत अन्य व्यवस्थापनको काम गर्दै आएको कोषले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्