मन्त्रिपरिषद् बैठकबाट सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप

मन्त्रिपरिषद् बैठकबाट सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप

काठमाण्डाै – सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थपेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगको म्याद तीन महिनाका लागि थप्ने निर्णय गरेको हो ।

आयोगका पदाधिकारीको म्याद भोलिदेखि सकिँदै थियो । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा दुवै आयोगसम्बन्धी ऐनहरू संशोधन गर्ने र त्यहीअनुसार संरचना तय गरी न्यायिक निरूपण गर्ने सहमति भएको थियो । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा समयावधि सकिन लागेका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी आजको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीका विषयमा पनि छलफल भएको थियो । बैठकमा छलफलका क्रममा एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएमा उहाँले राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले जोड दिनुभएको थियो ।

त्यस्तै नागरिकतासम्बन्धी विधेयकमाथि पनि छलफल भएको थियो । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका उपाध्यक्ष पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij