दुई केन्द्रीय सदस्यसहित ६९ जनाले छाडे जसपा (सूचीसहित)

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले छाडे जसपा (सूचीसहित)

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग पार्टीबाट अलग भएसँगै अध्यक्ष उपेन्द्र यादवलाई अर्को धक्का लागेको छ।

 

 

स्थानीय तहको निर्वाचनमा सोचेजस्तो मत परिणाम ल्याउन नसकेको जसपाका दुई केन्द्रीय सदस्यसहित ६९ नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेपछि अर्को धक्का लागेको हो।

शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदिन अहमदसहित  ६९ जनाले पार्टीबाट राजीनामा दिएका छन्।

‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाल आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारू, सीमान्तकृत वर्गहरूका समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान् उद्देश्यका साथ यस जसपा पार्टीको जन्म भएको यथार्थलाई उल्टाउँदै तीनका यथार्थहरूलाई बिर्सँंदै यस पार्टीमा स्वेच्छाचारिता, र एकलौटी ढंगबाट पार्टी संचालन भएको, नीति नियम र नेतृत्व प्रष्ट नभएको, पार्टी संगठनात्मक संरचनामा नभई पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको राजीनामा पत्रमा उल्लेख गरिएको छ।

पार्टी नेतृत्व देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदारको चंगुलमा डुब्दै गएको आरोप लगाएका छन्।

 

प्रकाशित मिति : शनिबार, असार ३२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij