भैरहवा आयो भियतनामको चार्टर्ड विमान

भैरहवा आयो भियतनामको चार्टर्ड विमान

भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पर्किङका लागि भियतनामबाट चार्टर फलाइट आएको छ । व्यापारिक प्रयोजनका लागि केही यात्रु मात्रै बोकेर नेपाल आएको विमान काठमाण्डौ हुदै भैरहवा आएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठाँउ नभएकोले पार्किङको लागि उक्त प्राइभेट विमान दिउसो सवा १ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको हो । यो विमान अबको ५ दिन यही रहने छ । व्यापािरक प्रयोजनका लागि विजनेश मेनलाई लिएर आएको विमानले यात्रुहरुलाई काठमाण्डौमै अवतरण गराएर यहाँ आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

भैरहवाबाट यो विमान १ अगस्ट मा काठमाण्डौ जाने छ, काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडानतालिका रहेको छ । विमानमा २ सेट प्राविधिक रहेका छन । एच ए आई ४९९ कलसाइनको विमान हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

वैशाख २८ गते पहिलो चार्टर विमान भारतबाट सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमानबाट आएको थियो । जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले सातााको ३ उडान गर्दै आएपनि अन्य उडान भने हुन सकेको छैन ।

प्रकाशित मिति : बुधबार, साउन ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij