काठमाण्डौ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ ।
आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको हो ।
आजको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।
त्यस्तै बैठकले मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टीका मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ ।
प्रकाशित मिति : शनिबार, साउन २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्