काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ ।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो ।
त्यसैगरी आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट प्राप्त निचोड तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा योजना प्रबन्ध गरी कुनै पनि मतदान केन्द्रमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी सुरक्षाकर्मी खटनपटनको व्यवस्था मिलाउन भनेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विशेष कारणवश कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने अवस्थामा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने बेहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिन, सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाका लागि सेवा निवृत्त तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय सेवादल र पालिकाका नगर प्रहरी तथा पालिका चुनाव-२०७९ मा भर्ना गरिएका तालिम प्राप्त जनशक्तिलाई नियुक्ति दिइ परिचालन गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्