देवदह
देवदह जेसीजले सातौ स्थापना दिवस एक कार्यक्रमका विच मनाएको छ । देवदह जेसीजले देवदहमा रहेको श्री साईबाबा विद्यापिठमा रहेका ५५ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । देवदह जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजेन्द्र न्यौपानेको अध्यक्षता र नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष तथा देवदह जेसीजका मानार्थ सदस्य बासुदेव रिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै केन्द्रिय उपाध्यक्ष रिमालले देवदह जेसीज सामाजिक संस्था भएको र यसले गर्ने हरेक कार्यक्रमले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै खुशि व्यक्त गर्नु भएको थियो । आगामी दिनमा पनि यस्तै खालका सामाजिक कार्यक्रम गर्न आग्रह गर्दै आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै संस्थाका अध्यक्ष जेसी राजेन्द्र न्यौपानेले गरिव विपन्न वर्गका विद्यार्थीहरुलाई थोरै मात्रामा भएपनि राहत होस भन्ने उद्देश्यले पोशाक वितरण गरिएको बताउनु भयो । समाजमा केही काम गर्नु पर्छ भनेर आपूm जेसीज यात्रामा होमिएको भन्दै सदैव सामाजिक कार्यमा सरिक हुने उल्लेख गर्नु भयो । कार्यक्रममा देवदह जेसीजका मानार्थ सदस्य दामोदर क्षेत्री, देवदह जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर विजय गुरुङ, श्री साईबाबा विद्यापिठका अध्यक्ष रामचन्द्र पौडेल लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जेसी दुर्गा दाहाल र जेसी आस्था पाठ जेसी धर्मराज चापागाईले गर्नु भएको थियो ।
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्