बुटवल
लुम्बिनी प्रदेश पर्यटन तथा पूर्वाधार विकास राज्य मन्त्री रिना नेपाल विकले घरहुंदै समाज सुधारका लागि महिलाहरुको हात महत्व पूर्ण हुने बताउनु भयो । महिलाहरु असल भए समाजमा परिवर्त आउने र समाज पनि असल बन्ने उहाँले बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विहिवार आयोजना गरेको तीज मिलन कार्यक्रम उहांले तीज लगायतका पर्वहरुलाई भड्किलो र खर्चीलो बनाउन नहुने बताउनु भयो । भड्किलो रुपमा मनाइने पर्वहरुले समाजमा विकृति फैलाउने र धनि र गरिब बीच विभेद ल्याउने राज्य मन्त्री विकले बताउनुभयो । समयको माग अनुसार पर्वहरुमा पनि परिवर्तन आएको उल्लेख गर्दै अहिलेको युग वैज्ञानिक युग भएकाले प्रवृधिको प्रयोगसंगै हामीले मनाउने पर्वहरुमा केही परिवर्तन आएको मन्त्री बिकले जोड दिनु भयोे ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष रामप्रसाद गौतमले कला संस्कृति जर्गेना र व्यवसायीको बानी व्यवहारमा परवर्तनका लागि संघले सबै पर्वहरुको अवसरमा कार्यक्रमहरुको आयोजना गर्ने गरेको बताउनुभयो ।
समयको माग अनुसार पर्वहरुलाई प्रगतिशील बनाउनका लागि समाजका हरेक मानिसको प्रविृत्ति तथा सोंचमा परिवर्तन आउन जरुरी रहेको कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रम संयोजक राधा थापा क्षेत्री सांस्कृतीक संयोजक तुल्सीराम पराजुली महासचिव माधव कुमार खनाल लगाएतले हरेक पर्वलाई पर्यटनसंग जोडेर मनाउन जरुरी रहेको औल्याएका छन ।
प्रकाशित मिति : बिहिबार, भाद्र ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्