निर्वाचनमा कम्तिमा पनि १० प्रतिसत मजदुरको प्रतिनिधित्व गराउनुपर्ने मजदुर नेताहरुको जोड

निर्वाचनमा कम्तिमा पनि १० प्रतिसत मजदुरको प्रतिनिधित्व गराउनुपर्ने मजदुर नेताहरुको जोड

बुटवल
आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिसत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने मजदुर नेताहरुाले जोड दिएका छन् ।

अन्य समयमा मजदुरलाई प्रयोग गरेपनी उम्मेदवार छनोट गर्दा दलहरुले मजदुरहरुलाई उपेक्षा गर्ने गरेको भन्दै उनिहरुले आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिसत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए ।

जनमत सञ्चार केन्द्र नेपालद्धारा आइतबार बुटवलमा आयोजित आगामी निर्वाचनमा मजदुरको प्रतिनिधित्व विषयक अनतरक्रिया कार्यक्रममा बोल्ने मजदुर नेताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण बेलबासेले सबै दलहरुले मजदुरहरुलाई आश्वासन मात्रै दिने तर ब्यवहारमा कार्यान्वयन नगर्ने गरेको गुनासो गर्दै मजदुर बर्गको हक हितका लागि नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी रहेको बताए ।

आफुलाई मजदुरको पार्टी भएको दाबी गर्ने दलहरुबाट समेत निर्वाचनमा मजदुरहरुको प्रतिनिधित्व गराउर्ने कार्यमा कन्जुस्याई गर्ने गरेको भन्दै उनले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कम्तिमा पनि १० प्रतिसत मजदुरहरुको प्रतिनिधित्व गराउनुपर्ने धारणा राखे ।

राज्यका भिभिन्न निकायमा बिभिन्न क्षेत्रमा आरक्षणको ब्यवस्था गरे जस्तै निर्वाचनमा मजदुरहरुलाई पनि आरक्षणको ब्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।
उनले भने,’निर्वाचनमा विभिन्न कोटाहरु छुट्ट्याईएको छ,तर मजदुरहरुका लागि छैन । अब यसको बारेमा जनता,नेता,मन्त्री सबैले बारेमा गम्भीर हुनुपर्छ ।‘ उनले प्रदेशसभा निर्वाचनमा आफ्नो नाम सिफारिस भएको बताउदै टिकट दिन आग्रह समेत गरे ।

कार्यक्रममा ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज गोकर्ण गिरिले राजनीतिक दलहरुले निर्वाचनमा मागेभन्दा न्यून अवसर दिएको गुनासो गरे ।

उनले निर्वाचनमा १० प्रतिशत सहभागीता गराउनुपर्ने भएपनी २÷३ प्रतिशतको हाराहारीमा मात्रै प्रतिनिधित्व गराएको बताए । उनले निर्वाचनमा कार्यक्रम आयोजना गर्न लगाउने र आफै बिजयी भएर जाने गरेको गुनासो गरे । उनले उम्मेदवार छनोटमा सबै पार्टिले ध्यान दिनुपर्नेमा जोड दिए ।

जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij