बुटवल ।
दाङबाट बुटवलतर्फ आउँदे गरेको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिणी गाउँपालिका–६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए । घोराहीबाट भैसीको छाला बोकेर भैरहवातर्फ आउँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज बुधबार दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो । ट्रक ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए ।
प्रकाशित मिति : बुधबार, भाद्र २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्