मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम शुरु हुने

मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम शुरु हुने


बुटवल ।

रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ ।जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि मंगलबारदेखि ड्रोनबाट नापजाँच गर्ने निणर्य गरेको हो ।
बैठकले मंगलबार बिहानदेखि ड्रोनमार्फत जग्गाको नापजाँचको काम शुरु गर्ने निणर्य गरेको कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलबार बिहान बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु गरिने छ ।
सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने जिम्मेवारीअनुसार काम अघि बढाइएको सदस्य सचिव पन्थीले जानकारी दिनुभयो ।
बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र सफल बनाउन स्थानीय र राजनीतिक दललाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले औद्योगिक क्षेत्रको मूल समस्या समाधान गर्दै उद्योगी व्यवसायीलाई समेत आकर्षित गर्नका लागि नगरले आवश्यक काम अघि बढाउने बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र सफल बनाएर उद्योग स्थापनाका लागि बुटवलले अगुवाई गर्ने बताउनुभयो ।
बैठकमा कार्यदलका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले औद्योगिक क्षेत्र रुपन्देहीकै लागि महत्वपूणर् भएकाले सबैलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले राजनीतिक दल, स्थानीयबासीलाई साथमै लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij