गुल्मी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, गुल्मीले जिल्लाका १२ स्थानीय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुलाई पकेट तथा व्लक विकास कार्यक्रम सम्बन्धि अभिमुखिकरण गरेको छ । कार्यक्रममा कार्यालयका प्रमुख गंगा कुमारी पोखरेलले परियोजनाको अवस्था र कार्यान्वयन प्रक्रिया, कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले पकेट तथा ब्लक विकास कार्यक्रम बारे म्यानुअलमा रहेको ब्यवस्था बारे छलफल गर्नुभएको थियो ।
त्यस्तै कृषि प्राविधिक नारायणी गाहाले गत आर्थिक बर्षमा सन्चालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा तथा चालु आर्थिक बर्षको पकेट विकास कार्यक्रम बारेमा जानकारी दिनु भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परियोजना तीन वटै सरकार मार्फत कृषि र पशुको क्षेत्रमा काम गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई मार्फत जोन तथा सुपरजोन, कृषि ज्ञानकेन्द्र मार्फत ब्लक र स्थानीय तह मार्फत पकेट विकास कार्यक्रम संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, गुल्मीका प्रमुख गंगा कुमारी पोखरेलले जानकारी दिनुभयो ।
यस्ता अभिमुखिकरणले स्थानीय तहका कृषि र पशु सेवा प्राविधिकहरु विच समन्वय बढ्ने र अन्तरस्थानीय तहबिच सिकाई आदानप्रदान गर्ने अवसर प्राप्त हुने जिल्ला समन्वय समिती, गुल्मीका प्रमुखले बताउनुभयो साथै कृषि तथा पशु सेवाका कार्यक्रमहरु एकै प्रकारका हुने हुँदा दुरुपयोगको संभावना कम गर्न स्थानिय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो। गुल्मीमा परियोजना मार्फत कफि सुपरजोन तथा मकै, सुन्तलाजात, फलफुल र बाख्रा जोन कार्यक्रम सन्चालनमा भइरहेको छ भने १२ वटै स्थानिय तह मार्फत मकैको २, आलुको ६, सुन्तलाको ७, किवीको १, कफीको ७, अलैचीको १ र बाख्राको ६ वटा गरी जम्मा ३० वटा पकेट विकास कार्यक्रम सन्चालन भइरहेको कृषि प्राविधिक नारायणी गाहाले जानकारी दिनुभयो ।
कार्यक्रम परियोजनाका प्रमुख गंगा कुमारी पोखरेलको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्रीको प्रमुखआतिथ्यता, जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र सलामी विशिष्ट आतिथ्यता, कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख भरत काफ्ले लागयतको आतिथ्यता सम्पन्न भएको थियो भने परियोयजनाका नायव सुब्बा श्यामलाल पाण्डेको स्वागत तथा नारायणी गाहाको सन्चालन रहेको थियो।
प्रकाशित मिति : मंगलबार, असोज ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्