गण्डकी र लुम्बिनी प्रदेशका साना नदीमा आज आकस्मिक बहाव हुन सक्ने

गण्डकी र लुम्बिनी प्रदेशका साना नदीमा आज आकस्मिक बहाव हुन सक्ने

काठमाण्डौ – आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरुमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबका तीन दिन नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।

अहिले चितवनको माडी क्षेत्रका गोविन्दबस्ती, ठोरी, बनकट्टाआसपास अति ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र रिउखोला तथा साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटिय क्षेत्र र डुबान हुने होचा ठाउँमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेकोछ । मकवानपुरगढी, हेटौडा र आसपास थप वर्षा हुने देखिएको छ ।

मकवानपुरका तटीय क्षेत्रहरूमा पनि बेलुकासम्म नै सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । बबई तथा पश्चिम राप्ती नदीमा आज जलस्तर खतराको तहमाथि पुगेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभएको छ ।

त्यस्तै नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ । जलसतह थप बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ  ।

आज बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । मनसुन पुनः सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij