सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

काठमाडौँ

सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता-कार्यकर्ता भेला गर्ने भएको छ ।शुक्रबार बसेकाे सत्ता गठबन्धन दलकाे बैठकले आसन्न निर्वाचनलाई कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा सात वटै प्रदेशमा संयुक्त भेला गर्ने निर्णय गरेको हो ।

भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कात्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ।
गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गरेको छ। कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ।

सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने छ। काठमाडौंमा कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा वाग्मती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ।

प्रकाशित मिति : शनिबार, असोज २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij