बुटवलको बसपार्कमा निशुल्क वाईफाइ, शौचालय र पिउने पानीको व्यवस्था गरिने

बुटवलको बसपार्कमा निशुल्क वाईफाइ, शौचालय र पिउने पानीको व्यवस्था गरिने

बुटवल- बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।
बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न, बसपार्कभित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन दिनुभएको हो ।
नगरप्रमुखको निर्देशनअनुसार अबदेखि बसपार्कभित्रको शौचालय सुविधा र पिउने पानीको सुविधा निशुल्क हुने भएको छ ।
बसपार्कभित्र भीडभाड बढ्ने गरी राखिएका ठेला र अन्य व्यवसाय हटाउने, विश्रामस्थल निर्माण गर्ने, निशुल्क वाईफाई सुविधा जडान गर्ने काम अघि बढाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।
‘बसपार्क एकदमै अव्यवस्थित र फोहोर भएकोले यसलाई व्यवस्थित गर्दै आवश्यक सुविधाहरु थप गर्नका लागि प्रमुखज्यूले निर्देशन दिनुभएको छ, उहाँले भन्नुभयो–अब बसपार्कलाई सफा र सुन्दर बनाउने काम अघि बढेको छ ।’
उहाँका अनुसार बसपार्कभित्र सुरक्षाका लागि सीसीटीभी जडान गर्ने, विश्रामस्थलमा दुईवटा टेलिभिजन सेट राख्ने, नियमित सरसफाइ गर्ने व्यवस्था मिलाइनेछ ।
यसअघि बुटवल उपमहानगरपालिकाले दशैंलाई लक्षित गरेर बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी यात्रु तथा यातायात मजदुर, सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।

 

प्रकाशित मिति : आइतबार, असोज ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij