सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा आज सार्वजनिक बिदा

सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा आज सार्वजनिक बिदा

काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले आज शोक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो विज्ञप्ति निकालेर आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । शताब्दी पुरुष जोशीको १ सय ३ वर्षको उमेरमा अस्ति आइतवार बिहान निधन भएको थियो । सरकारले अस्ति राष्ट्रिय सम्मानका साथ जोशीको बिदाइ गरेको थियो ।

जोशीको शव अध्ययनका लागि किस्ट मेडिकल कलेज ललितपुरलाई उपलब्ध गराइएको छ । शव अध्ययनका लागि उपलब्ध गराएर जोशीका आफन्तले जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरेका छन् ।

 

अन्तिम अपडेट: कात्ति

प्रकाशित मिति : मंगलबार, कार्तिक १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij