संविधान रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धन बनेको हो : देउवा

संविधान रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धन बनेको हो : देउवा

रुपन्देही – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बनेको दाबी गर्नुभएकाे छ ।

बुटवलमा आज शुक्रवार आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि पनि गठबन्धन कायम रहने भएकाले निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले लोकतन्त्र जोगाउनु र प्राप्त उपलब्धिकाे रक्षा गर्नु अहिलेको दायित्त्व भएकाे बताउँदै गठबन्धनप्रति कांग्रेस इमानदार रहेको उल्लेख गर्नुभयाे ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने चुनाव ठूलो राजनीतिक लडाइँ भएको बताउनुभयो । केपी ओली नेतृत्वको सरकारको अहङ्कार र सुनियोजित भ्रष्टाचारका विरुद्ध गठबन्धन बनेकाे जिकिर गर्दृ उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नेतृत्वको गठबन्धनलाई सङ्घ र प्रदेशको चुनावमा समेत पराजित गर्ने दाबी गर्नुभयाे । जोखिम मोलेर देशलाई सङ्कटमा जानबाट जोगाएको उहाँकाे जिकिर थियाे ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था रक्षाका लागि गठबन्धन बनेको दाबी गर्नुभयाे ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij