बुटवल,
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष तथा रूपन्देही २ मा लाेकतान्त्रिक बाम गठवन्धनका उम्मेदवार केशब बहादुर थापा सुर्यबंशीले राष्ट्रिय सहमतिको आधारमा समृद्ध राष्ट्र बनाउन लाेकतान्त्रिक बाम गठवन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।
जनताले विवेक नपुर्याए प्राप्त उपलब्धी गुम्न सक्ने,तानाशाही प्रवृत्ति हाबी हुने,सन्की प्रवृत्तिले देश दुर्घटनामा जान सक्ने भन्दै उनलेे बेरोजगारीको अन्त्य गर्दै मुलुकलाइ औद्योगिकरणकाे बाटोमा डोर्याउन कै लागि भए पनि रुपन्देही क्षेत्र २ का जनताले गठबन्धनमा भोट दिनुपर्नेमा जाेड दिए ।
बिहीबार रूपन्देहीको तिलोत्तमा ५ मा गठबन्धनको घर दैलोको क्रममा सूर्यवंशीले आफुले जितेर गए पछि कृषकहरूले झुन्डेर मर्नु नपर्ने,मलको अभाव हुन नदिने र कृषकहरुलाइ उत्साह प्रदान गर्दै बृहत योजना बनाइ अगाडि बढ्ने बताए ।
भ्रष्टाचारलाइ निर्मुल पार्न आवश्यक रहेको र स्थानिय तहलाइ अधिकार सम्पन्न बनाउन संघीयतालाई संस्थागत गर्न पनि गठबन्धनले जित्न आवश्यक रहेको सूर्यवंशीले बताए।
प्रकाशित मिति : बिहिबार, कार्तिक २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्