रुपन्देही २ मा पहिलेभन्दा फराकिलो मतान्तरले विजयी हुँदैछौ: एमाले उपाध्यक्ष पौडेल

रुपन्देही २ मा पहिलेभन्दा फराकिलो मतान्तरले विजयी हुँदैछौ: एमाले उपाध्यक्ष पौडेल

 

बुटवल,
नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन् ।

रुपन्देही२ मा मात्रै नभएर मुलुकभरी नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको उनको भनाइ छ । विकास र समृद्धिका लागि आगामी मंसिर४ को निर्वाचनबाट जनताले नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने पौडेलले बताए ।

आफ्नो निर्वाचन क्षेत्र रुपन्देही२ का विभिन्न वडाहरुमा घरदैलो अभियानलाई तिब्रता दिएका पौडेलले जनताको शासक होइन सेवक भएर आफूले काम गर्ने समेत प्रतिवद्धता गरेका छन् । ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौं । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाती, भाषभाषीका जनतालाई समान रुपले हामीले हेर्ने छौं ।’(पौडेलले भने, कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो ।

आज बुटवल११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक शहरको रुपमा बिकसित गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरु जोड्ने सडकलाई कालोपत्रे गरिने छ भने, मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरु अघि बढाइने छ ।’(पौडेलले भने बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।

निर्माणाधिन भौतिक पूर्वाधारलाई पूर्णता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उनले बताए । बिकास आयोजनाहरुसँगै अबको ध्यान रोजगार सिर्जना, शिक्षा, स्वास्थ्य लगायतका मानवीय विकासमा केन्द्रीत हुने उनको भनाइ छ ।

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij