बाजुरामा गोली चल्दा एक जनाको ज्यान गयो

बाजुरामा गोली चल्दा एक जनाको ज्यान गयो

बाजुरा – बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी भोला रावलले जानकारी दिनुभयो । मतपेटिका खोस्न आएपछि झडप भएको उहाँको भनाइ छ । यस्तै गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् ।

जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको वरिष्ठ प्रहरी उपरीक्षक रावलले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij