राजधानी सारेर संघीयता कार्यान्वयन गर्यौंः मुख्यमन्त्री केसी

राजधानी सारेर संघीयता कार्यान्वयन गर्यौंः मुख्यमन्त्री केसी

बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले प्रदेश सभाको दुई तिहाई मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम सुरु गरेको र सबै मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागेको बताए ।

रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कर कार्यक्रममा मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापनको काम आफ्नै कार्यकालमा पूरा गर्न सकेको बताए ।

उनले प्रदेश सभाको भवन निर्माणको काम सकिएको र आगामी प्रदेश सभाको बैठक स्थायी राजधानीमै गरिने र मन्त्रालयका अन्य काम केही समयमा दाङ सारिसक्ने दावी गरे ।

नेपालमा रहेका सबै प्रदेश राजधानीमा सबैभन्दा नमुना लुम्बिनीलाई उत्कृष्ट बनाउने बताउँदै मुख्यमन्त्री केसीले राप्ती टेक्निकल शिक्षालयको कम्पाउण्डभित्र सबै मन्त्रालय, संसद भवन लगायतका संरचना तयारीको अन्तिम चरणमा रहेको केसीले बताए ।

तयारीबिना बुटवलस्थित अस्थायी मुकामबाट मन्त्रालय सारेको भन्दै केही राजनीतिक दलले अनावश्यक विरोध गरेको बताउँदै मुख्यमन्त्री केसीले सबैलाई एकपटक राजधानी क्षेत्रको अवलोकन गर्न आग्रह गरे ।

प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij