प्रदेश सभाको निर्णय कार्यान्वयन गरेर प्रदेश सरकारले संसदप्रतिकाे उत्तरदायीत्व बहन गर्याे : प्रदेश प्रमुख शेरचन

प्रदेश सभाको निर्णय कार्यान्वयन गरेर प्रदेश सरकारले संसदप्रतिकाे उत्तरदायीत्व बहन गर्याे : प्रदेश प्रमुख शेरचन

बुटवल

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको निर्णय कार्यान्वयन गरेर प्रदेश सरकारले संसदप्रतिकाे उत्तरदायीत्व बहन गरेको बताएका छन् ।
बुधबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङबाट प्रदेश सरकारकाे औपचारिक कार्य सञ्चाल भएको घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै शेरचनले उक्त कुरा बताएका हुन् ।
आफ्नो ठाउँमा राजधानी राख्न पाउने अवसर केही ठाउँ र केही जनताले मात्रै प्राप्त गर्ने दुर्लभ अवसर देऊखुरी बासीले प्राप्त गरेको बताउदै उनलेे आर्थिक तथा सामाजिक रुपले पछाडि परेको देऊखुरीमा स्थायी राजधानीको व्यवस्थापनसँगै आधुनिक शहर निर्माणमा यहाँ जनताले साथ दिनु पर्नेमा जोड दिए ।

‘यहाँ वैज्ञानिक शहरको निर्माण हुने छ । वैज्ञानिक भवनहरु बन्ने छन् । शिक्षा र स्वास्थ्यमा क्रमस आधुनिकताका आधारमा बिकास अघि बढ्ने छ ।’-शेरचनले भने, यसका लागि सरकारसँगै यहाँका जनताको ठूलो साथको आवश्यकता छ । प्रदेश प्रमुख शेरचनले संघीयताको कार्यान्वयनका लागि त्कालिन प्रदेशको नाम तथा स्थायी राजधानी तोक्ने तत्कालिन सरकार तथा तत्कालिन सांसदहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।

देऊखेरीमा स्थायी राजधानी तोकिएसँगै अस्वभाविक रुपमा यहाँको जग्गाको मूल्य वृद्धि भएकोप्रति सचेत गराउँदै उनले त्यसको नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : बुधबार, मंसिर २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij