संघीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले जित्यो : मुख्यमन्त्री केसी

संघीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले जित्यो : मुख्यमन्त्री केसी

दाङ
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले जितेकाे बताएका छन् ।
बुधबार राप्ती उपत्यका देउखुरी दाङबाट लुम्बिनी प्रदेश सरकारकाे मुख्य प्रशासनिक कार्य शुभारम्भ कार्यक्रमलाई सम्बाेधन गर्दै उनलेे आजदेखि लुम्बिनी प्रदेश सरकारको सम्पूर्ण काम देउखुरीबाट प्रारम्भ भएको घोषणा गरे ।

मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना अन्तर्गत राजधानी कार्यान्वयन, पहाडी सडक, प्रादेशिक अस्पताल, प्रदे विश्वविद्यालय स्थापना प्रदेश सरकारको उपलब्धि भएको बताए ।

कुनै परिणामका लागि साहस चाहिने बताउँदै मुख्यमन्त्री केसीले त्यहि साहस प्रदर्शन अन्तर्गत संघीयता कार्यान्वयनमा आफ्नो सरकार सफल भएको दाबी गरे ।

उनले प्रदेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर लेखिएको अब नरहने घोषणा गरे । ‘लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख हुनेछ ।’ उनले भने ।

उनले राजधानी कार्यान्वयनमा सहयोग गर्ने मन्त्रीहरू, सभामुख, उपसभामुख सहित कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती, प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजित चौधरी, प्रमुख सचिव डा. दिपक काफ्ले लगायतले बोलेका थिए । कार्यक्रममा देउखुरी क्षेत्रका स्थानीयले झाँकी प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : बुधबार, मंसिर २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij