बुटवल,
अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले निष्कर्ष निकालेको छ ।
साेमबार बसेकाे नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा तामनगर बुटवलमा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरि उक्त निष्कर्ष निकालेको प्रदेश समितिले जनाएको छ l
पार्टी नेतृत्वको अदुरदर्शिताका कारण पार्टी राष्ट्रको बगदौर समाल्ने अवसरबाट बन्चित भएको कांग्रेस लुम्बिनीको ठहर छ l
प्रदेश सभापति पुनले जनताको दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए l उनले अहिलेको सरकार जनादेश विपरित बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् l
बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरि महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति गठन गरेको प्रवक्ता प्रचण्डविक्रम न्याैपानेले जानकारी दिए l
प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ l संसदीय दलको निर्वाचन सपथ ग्रहण लगतै तय हुने प्रवक्ता न्याैपानेले बताए ।
प्रकाशित मिति : मंगलबार, पुष १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्