बुटवल – अर्घाखाँचीमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो ।
घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए ।
जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको वडाध्यक्ष क्षेत्रीले बताए ।
जंगल नजिकैको बस्ती भएकाले सीतापुरका बासिन्दामा भालुको आक्रमणको त्रास रहेको उनले बताए ।
प्रकाशित मिति : बुधबार, पुष २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्