न्युयोर्क अमेरीका।
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष श्री सोमनाथ घिमीरेलाई नयाँ अमेरिकी डेमोक्रेटिक क्लब को उपाध्यक्ष पदमा मनोनयन गरीएको छ। वहाँको राजनैतिक सकृयता, विगतको जो वाईडेन र कमला ह्यारीस् राष्ट्रपती/उप-राष्ट्रपती जिताउँ अभियानमा खेल्नुभएको भुमीका, न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको बिशेष भुमीका निर्वाह, जिपि कोईराला फाउन्डेशन अमेरीका च्याप्टर मार्फत लामो समयदेखी जुझारू र सशक्त टीम बनाई कोरोना कहरका बीच समेत समाजमा उल्लेखनीय योगदान पुर्याएको लगायतका पक्षहरूको समग्र मुल्यांकन गरी सो पदमा नियुक्त गरीएको व्यहोरा नयाँ अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताउनुभयो। नयाँ अमेरिकी डेमोक्रेटिक क्लब न्युयोर्क राज्यकै सबैभन्दा पुरानो राजनितिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गर्नु भएको हो।
मोर्सेद अलाम पर्यावरण रसायनज्ञ हुनुहुन्छ र वॅंहा पूर्व आयुक्त NYC मतदाता सहायता आयोग र सामुदायिक विद्यालय बोर्ड #२९ उपाध्यक्ष र कोषाध्यक्षमा न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित हुदै सन १९९८ मा NYS सिनेटका लागि डेमोक्र्याटिक पार्टीका न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली उम्मेद्वार भएर रिपब्लीकन उम्मेद्वार विरुद्धमा 42% मत प्राप्त गरेर अमेरिकी राजनीतिक सर्कलमा आश्चर्यचकितनै पार्नु भएको थियो।
अध्यक्ष आलमले, उपाध्यक्ष पदमा नियुक्त हुनुभएकोमा सोमनाथ घिमिरेलाई बधाई दिँदै नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ ससक्त रुपले सबै कार्यकारी सदस्यहरू सँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामा सम्बद्द सबैलाई समेटी डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या शसक्त ढंगले अझै धेरै बढाउॅंदै हाम्रो प्रभावकारीता थप उचाईमा पुर्याउॅंनु पर्छ भन्नु भयो।
अमेरीकामा जिपी कोईराला फाउन्डेशन मार्फत सामाजसेवामा अहोरात्र खटिनुभएका श्री घिमीरेको समग्र मुल्यांकन गरी नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष जस्तो गरीमामय पदमा मनोनयन गरीएको सुखद खवरले फाउन्डेशन परीवारमा उर्जा एवं हौसला बढाएकोमा प्रशन्नता व्यक्त गर्दै जिपी कोईराला फाउन्डेशन अमेरीका परीवारको तर्फबाट वहाँलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना एवं शुभेच्छासहीत वहाँको नेतृत्वमा आगामी दिनमा नयाँ अमेरिकी डेमोक्रेटिक क्लले समेत समाज विकास र परीवर्तनमा उल्लेखनीय योगदान पुर्याउने कुरामा फाउन्डेशन अमेरीका परीवार विश्वस्त रहेको छ, जिपी कोईराला फाउन्डेशन अमेरीकाका उपाध्यक्ष सुवर्ण लामाले बताउनुभयो।
प्रकाशित मिति : सोमबार, पुष २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्