प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, माघ १८ गतेदेखि अन्तर्वार्ता

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, माघ १८ गतेदेखि अन्तर्वार्ता

काठमाडौं
शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक पदको बाजुरा, अछाम, डोटी र कन्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनि गरेको नतिजा अनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीको लागि जम्मा ६५ जना मात्र उत्तीर्ण भएका छन् । ८२ जना परीक्षामा सहभागी भए पनि माग अनुसार ८ रिक्त दरबन्दीमा शिक्षक उत्तीर्ण हुन नसकेको देखिन्छ । अछाम जिल्लामा पनि दुई रिक्त दरबन्दीमा उत्तीर्ण हुन सकेनन् । १३७ रिक्त दरबन्दीको लागि १९० जना शिक्षकले परीक्षा दिएपनि १३५ जना मात्रै उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी डोटी जिल्लाको १४८ रिक्त दरबन्दीको लागि १३४ जना मात्रै उत्तीर्ण भएकोले १४ दरबन्दी पुन रिक्त हुने भएको छ ।

परीक्षामा भने ३०९ जना सहभागी भएको आयोगले जनाएको छ । कञ्चनपुर जिल्लाको लागि भने ७६ रिक्त दरबन्दीको लागि ८० जना उत्तीर्ण भएका छन् । परीक्षामा २१८ जना सहभागी भएका थिए ।

उत्तीर्ण बाजुराका शिक्षकहरुको अन्र्तवार्ता माघ १८ गते, अछाम जिल्लाको माघ १९ गते, डोटीका शिक्षकहरुको माघ २० र २१ गते, कञ्चनपुर जिल्लाका शिक्षकहरुको माघ २१ र २२ गते शिक्षा विकास तथा समन्वय इकाइ कैलालीमा हुने भएको छ ।

आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सहभागी परीक्षार्थीहरुको नतिजा सार्वजनिक गरेको हो ।

नतिजामा चित्त नबुझेको उम्मेदवारले माघ ४ गतेभित्र पुनर्योगको लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij