काठमाण्डाै – स्याङ्जाको वालिङमा फुटबल प्रतियोगिता भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण भएपछि तनाव भएको छ ।
वालिङ गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको अवस्थामा एक्कासी प्रभु कम्पनीको हेलिकप्टर अवतरण भएको हो । धुलो उडाउँदै हेलिकप्टर अवतरण भएपछि खेल केहीबेर रोकिएको छ ।
खेल नै रोकिने गरी जानकारीविना हेलिकप्टर अवतरण गराएको भन्दै समर्थक र आयोजकले आक्रोश व्यक्त गरेका छन् । केही समर्थकले पाइलट र यात्रुलाई हातपात गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको सुरक्षापछि केहीबेरमा हेलिकप्टर उडेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्