रूपन्देहीकाे जिल्ला प्रशासन कार्यालयमा टाइमकार्ड लागु

रूपन्देहीकाे जिल्ला प्रशासन कार्यालयमा टाइमकार्ड लागु

बुटवल ।
रूपन्देहीको जिल्ला प्रशासन कार्यालयलेसेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटिलोरहित बनाउन टाईमकार्ड लागु गरेको छ ।

प्रशासनले बिहानी समयमा सेवा लिन आउने सेवाग्राहीलाई रातो र दिउँसोको समयमा आउनेलाई पहेँलो टाइमकार्ड उपलब्ध गराएर सेवा दिने गरी चाँजोपाँजो मिलाएको हो ।
प्रशासनले नागरिकता, नागरिकताको प्रतिलिपी, राष्ट्रिय परिचयपत्र र ई(पासपोर्ट वितरणमा सहजता ल्याउन टाइमकार्ड लागू गरेको प्रमुख जिल्ला अधिकारी प्रजिअ भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
निवेदन दिएपछि टाइमकार्डमै यति समयपछि आउनू भनेर प्रशासनले समय तोकिदिने उहाँले बताउनुभयो । त्यसपछि तोकिएको समयमा आएर सेवाग्राहीले आफ्नो नागरिकता वा अन्य कागजात लिएर जान सक्नेछन् ।

प्रशासनले कार्यालयबाट हुने सबै किसिमका सेवा प्रवाहमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई भने टाइमकार्ड लागू नहुने र तोकिएको कर्मचारीबाट तत्कालै सेवा पाउने जनाएको छ । टाइमकार्डमा कुन कागजात बनाउन कति समय लाग्छ र कति समयपछि आउने भन्ने तोकिएको हुन्छ । प्रशासनले नयाँ नागरिकता लिँदा प्रमाण पुर्‍याई १२ बजेभित्र आएका निवेदनलाई दिउँसो १ बजेभित्र, १२ बजेपछि आएकालाई ३ बजेसम्म र ३ बजेसम्म पेस हुन आएका निवेदनलाई ४ बजेसम्म नयाँ नागरिकता उपलब्ध गराउने गरी समय तोकेको छ ।

त्यस्तै, नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचयपत्र बनाउन प्रमाण पुर्‍याएर आउने सेवाग्राहीलाई निवेदन पेस भएको एक घण्टाभित्र सेवा दिइसक्ने प्रशासनले जनाएको छ ।

ई(पासपोर्टका हकमा भने पहिला नै फाराम भरी आएका सेवाग्राहीलाई सोही दिन तोकिएको समयमा सेवा दिने र ई(पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन वितरण हुने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो तथ्यांकअनुसार प्रशासनबाट दैनिक नयाँ नागरिकता एक सय, नागरिकताको प्रतिलिपी ८०, राष्ट्रिय परिचयपत्र २ सय र ई(पासपोर्ट २ सयको हाराहारीमा वितरण हुँदै आएको छ । यसबाहेक इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता बनाउने काम हुँदै आएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij