कपिलवस्तुमा सवारी दुर्घटना : एकको मृत्यु, आठ घाइते

कपिलवस्तुमा सवारी दुर्घटना : एकको मृत्यु, आठ घाइते

कपिलवस्तु ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियाका सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पौने नौ बजे लु ४ त ५४११ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । लु १ ख ४२२६ नम्बरको बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ३ गुलरीको वर्ष ३० को विन्दकुमार कहारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएको बताउनुभयो । बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, माघ ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij