बुटवल
पाल्पाको तानसेन नगरपालिका स्थित बर्तुङ्गमा रहेको जनप्रिय माविका पुर्व विद्यार्थी समाजको आयोजनामा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुन ५ गते हुने बिद्यालयको स्थापना दिवश तथा ४ गते गर्न लागीएको भुतपुर्व विद्यार्थी,शिक्षकहरुको पुर्नमिलन कार्यक्रमको पुर्वसन्ध्यामा शनिबार बुटवलमा पुर्व विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम गरीएको हो ।
कार्यक्रमका सहभागीहरुले बिद्यालयको बार्षिक उत्सव तथा बिद्यार्थी पुर्नमिलन कार्यक्रमलाइ भब्य रुपमा सफल बनाउने प्रतिवद्धता जनाएका छन । ६३ बर्ष अघि स्थापना भएको बिद्यालयले स्थानीय स्तरमा शिक्षाको ज्योती छर्दै हजारौं बिद्यार्थीहरुलाइ देशका महत्वपूर्ण क्षेत्रमा पुर्याउन सफल भएको भन्दै पुर्वबिद्यार्थी शिक्षक सबैको सहकार्यमा बिद्यालयलाइ देशकै नमुन बनाउनु पर्नेमा जोड दिए । बिद्यालयले मावि तहका कक्षा ११ र १२ मा बहुउपयोगी तथा प्राविधिक बिषयहरु अध्यापन गराउने तर्फ पनि ध्यान दिनु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन ।
जनप्रिय मा वि पूर्व बिद्यार्थी मञ्च बतुङ्गको तर्दथ समितिका संयोजक बिक्रम भट्टराइको अध्यक्षता र सचिव सुर्दशन कोइरालाको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हिरा आर्चाय,बुटवल संयोजक सुरज भट्टराइ,मञ्चका सहसंयोजक जीवन पाण्डे,खेमराज भट्टराइ,सुभाष नेपाल,धर्मराज भट्टराई,आयाम कार्की,रेखा भुसाल,सरला पाण्डे,कार्की,दुर्गा पराजुली,खुमराज गैरे लगायतले बोल्दै फागुन ४ गते बिद्यालय प्राङ्गणमा हुन गइरहेको बिद्यार्थी पुर्नमिलन कार्यक्रम र बार्षिक उत्सवलाइ भब्य रुपमा सफल बनाउने बताउँदै बिद्यालयको भौतिक तथा शैक्षिक विकासकालागि पनि भुमिका खेल्ने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति : सोमबार, माघ १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्