तिलोत्तमा जानकीनगर बालक्लबले फुटवल तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका तीन मा रहेको यस क्लबले बालबालिका हरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने हेतु प्रतियोगिता आयोजना गरेको थियो। शनिबार भएको नृत्य प्रतियोगिता तथा अघिल्लो महिना सम्पन्न फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण समेत गरेको छ । फुटबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट बलर एवं एक जना खेलाडी लाई म्यान अफ दि म्याच घोषित गरेको क्लबले नृत्य प्रतियोगिता मा पनि प्रथम , द्वितीय, तृतीय र सान्त्वना पुरस्कार तथा प्रमाणपत्र बितरण गरेको छ।
क्लबका अध्यक्ष रमित न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेलले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न वडा भित्र समय समयमा यस्ता खालका प्रतियोगिता भैरहने बताउनुभयो । उहाँले यस्ता अबसरले बालबालिका हरेक कृयाकलापमा संलग्न हुने र शिक्षा स्वास्थ्य जस्तै खेलकुद र मनोरञ्जनका क्षेत्रमा पनि बालबालिकाको सहभागिता बढाउन सकिनेमा जोड दिनुभयो । सो अवसरमा जानकीनगर टोल विकास संस्था का अध्यक्ष खुम बहादुर क्षेत्री ले बालबालिकालाई हरेक क्षेत्रमा सहभागि गराउनुपर्ने धारणा राख्नुभयो ।
मिलन अर्याल को संयोजकत्वमा भयको कार्यक्रम मा क्लबका करिब पचास जना बालबालिका सहभागी भएका थिए भने कार्यक्रमको सञ्चालन सचिव ओएसिस आचार्यले गरेका थिए।
प्रकाशित मिति : सोमबार, माघ २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्