तिलोत्मा तिनमा महाशिवरात्रि को अबसरमा जनचेतना मुलक सन्देश कार्यक्रम सम्पन्न

तिलोत्मा तिनमा महाशिवरात्रि को अबसरमा जनचेतना मुलक सन्देश कार्यक्रम सम्पन्न

तिलोत्तमा महाशिवरात्रि पर्व को अबसरमा दुर्व्यसन मुक्ति एवं राजयोग विषयक जनचेतना मुलक सन्देश कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं तीन को सभाहलमा सम्पन्न भएको छ।
तिलोत्तमा वडा नं तीन को आयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष कल्याण प्रसाद पौडेलले मानिस बिकसित हुने होडमा कुलत,र दुर्व्यसन तर्फ फस्दै गएको हुंदा युवाहरुमा सकारात्मक सोचको विकासकालागि यस्ता खालका कार्यक्रम ले सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रमको
सहजिकरण ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय जानकीनगर शाखाका प्रमुख ब्रह्माकुमारी कृति दिदी एवं ब्रह्माकुमारी कृष्ण दिदी ले गर्नु भएको थियो । उहाँले जबसम्म मानिस आफैमा सकारात्मक परिवर्तन हुन सक्दैन तब सम्म समाज परिवर्तन हुन सक्दैन । मन शान्ति, आत्मा शान्ति नहुंदा सम्म मानिस आफैमा शान्त हुन सक्दैन त्यसैले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय कुनै धर्मको प्रचार गर्न नभएर मानिसलाई सेवा भावले सकारात्मक परिवर्तनको लागि काम गर्ने बताउनुभयो।
कार्यक्रम वडा नं तीन का सचिव गोकुल गिरीको संचालनमा भएको थियो।

प्रकाशित मिति : मंगलबार, माघ २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij