स्वयंसेवी रक्तदाता समाजको ११९ औं रक्तदान

स्वयंसेवी रक्तदाता समाजको ११९ औं रक्तदान

बुटवल – नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाको ११९ औं मासिक नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य ढकालले रगत व्यवस्थापनको विषयमा स्वयंसेवी रक्तदाताहरुको भुमिका महत्त्वपूर्ण भएको बताइन। रगत तथा रक्ततत्त्व सर्वशुलभ र निस्शुल्क बनाउन तथा प्रविधिमा रगत व्यवस्थापन जोड्नुपर्ने उनको भनाई थियो।
कार्यक्रममा ३७ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा स्टार्ट १८ स्टार्टस टिम रुपन्देही, रोट्रयाक्ट क्लब तिलोत्तमाको समेत सहभागीता रहेको थियो। कार्यक्रमलाई अङ्कुर इन्फोटेकले प्रायोजन गरेको थियो।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा सदस्य युवराज बन्जाडेको संयोजनमा भएको कार्यक्रम,महासचिव उदय राज भट्टराईले सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : आइतबार, माघ २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij