भारतीय साइकलयात्रीलाई बुटवलमा स्वागत

भारतीय साइकलयात्रीलाई बुटवलमा स्वागत

बुटवल
भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौसम्मको १ हजार ४४ किलोमिटर साईकल यात्रामा निस्किएको ७ जना साइकलयात्री विहिबार बुटवलमा स्वागत गरिएको छ ।

विहिबार बिहान दाङको लमहीबाट हिडेको साईकल यात्रीहरु साझ बुटवल आईपुगेको हो ।

२० फेबअरीमा दिल्लीस्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेबअरीमा नेपालको राजधानी काठमाडौ पुग्ने लक्ष्य रहेको छ ।

बुटवलमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक महेन्द्र न्यौपाने र म्यानेजर केशव बश्याल, रुपन्देही जिल्ला लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारीले उनिहरुलाई खादा र फुलमालाले स्वागत गरेका थिए ।

यसैबिच उनिहरुले आफनो यात्राको बारेमा समेत अनुभव सुनाए । दुई अफिसियल सहित ९ जनाको टिम रहेका छन । आयोजक द पेडलर्स का रभिन्दर सिह ओभरायले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा शुरु गरिएको बताए ।

सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक महेन्द्र न्यौपानेले साईकल यात्रीहरुलाई स्वागत गर्दै पर्यटन विकासको आधारको रुपमा यो कार्यक्रम उत्कृष्ट भएको बताए ।

जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले पर्यटनलाई साईकल अभियानमा जोड्नुपर्ने सुझाव दिए ।

आयोजक टिमका जसप्रीत सिहका अनुसार यो साइकल यात्रामा भारतका विभिन्न सहरबाट सहभागी मध्य एम्बेसडरका रुपमा कनवर गिल सहभागी छन् भने अन्य सहभागीमा मेघा जैन, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल, आसिफ मल्वासी, रबिन्दर कुमार सिह छन् । दुई अफिसियल सहित ९ जनाको टिम शुक्रबार बिहान ६ बजे चुम्लिन्टार बास बस्ने गरि हिडेकाे छ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij