सन्दीपको मुद्दाको सुनुवाई आज

सन्दीपको मुद्दाको सुनुवाई आज

काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले क्रिकेट खेल्न विदेश जान पाउँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुँदैछ।

 

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा विदेश जान नपाउने गरी दिएको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत गएका थिए।

शुक्रबार भएको सुनुवाईमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा निवेदकले माग गरेबमोजिम कुनै आदेश दिन मनासिव नभएको भन्दै आजलाई पेश तोक्न आदेश दिएको थियो।

खतिवडाको इजलासले महान्यायाधीवक्ताको कार्यालयले धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध दिएको रिटसमेत सँगै पेश गर्न आदेश दिएको छ।

दुबईमा भोलि सुरु हुने आईसीसी विश्वकप लिग टूका चार खेल खेल्न जाने गरी सन्दीपले दिएको रिट निवेदनमा तत्काल सुनुवाई गरी टुंगो लगाउन आजलाई पेशी तोकिएको हो। लिग टू अन्तर्गत भोलि सुरु हुने खेलमा नेपालले यूएई र पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्दैछ। खेलका लागि राष्ट्रिय टिमका अन्य सदस्य हिजै दुबई गएका छन्। अघिल्लो हप्ता काठमाडौंमा भएको खेलमा स्कटल्याण्ड र नामिबियाविरुद्धका ४ वटै खेल नेपालले क्लीन स्वीप गर्दा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए।

नाबालिक बलात्कार आरोप लागेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेश दिए पनि विदेश जान रोक लगाएको थियो।

प्रकाशित मिति : आइतबार, फाल्गुन १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij