बुटवल
लुम्बिनी प्रदेशकै धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
क्याम्पसमा जम्मा ३७.७० प्रतिशत अर्थात २ हजार ६८१ मत खसेको छ । ६ वटा सङ्गठनले भाग लिएको साे क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी थिए ।
यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो । लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।
यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो । मतगणना आजैबाट गणना गर्ने तयारी रहेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्